FAQs Complain Problems

नवनिर्वाचित जनप्रतिनि ज्यूहरु

Read More

राहत वितरण कार्यक्रम

Read More

बाउन पोल्ने मन्दिर उद्घाटन कार्यक्रम

Read More

परिचय

नौबहिनी गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको हो ।नेपालको मानचित्रमा नौबहिनी गाउँपालिकाको भौगोलिक अवस्थिति २८००९’००” देखि २८०२१’००” उत्तरी अक्षांश देखि र ८२०४९’३०” देखि ८३००१’००” पूर्वी देशान्तरसम्म फैलिएको छ ।यसको स्थापना २०७३ फाल्गुन २२ नेपाल सरकारले मन्त्रीस्तरीय निर्णयअनुसार भएको हो ।२०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३०,२९२ रहेको छ जसमध्ये महिलाको जनसंख्या १६,६७२ (५५.०४प्रतिशत) र पुरुषको जनसंख्या १३,६२० (४४.९६ प्रतिशत) रहेको छ ।यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी मगर जाति १३,५४६ जना (४४.७२%), दोस्रोमा क्षेत्री५,६८८ (१८.७८%) र कामी ५,५४५(१८.३१%) हरुको बसोबास रहेको छ ।औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतव्यापार, साना घरेलु उद्योग, सेवामुलक व्यवसाय नोकरी साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो ।परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् ।विगतमा स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ ।अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन ।गाउँपालिकाको शैक्षिक विकास हेर्दा यस गाउँपालिकामा आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शिक्षण संस्थाहरु रहेका छन् जसमा सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि, ७ वटा नि.मा.वि र २६ वटा प्रा.वि गरी जम्मा ४२ वटा शिक्षण संस्थाहरु संचालित छन् ।यस गाउँपालिकामा आधारभूत देखि माध्यामिक शिक्षा सम्म प्रदान गर्नेविद्यालयहरु रहेका छन् भने उच्च शिक्षाको लागि स्थानीय विद्यार्थीहरु नजिकका नगरपालिका तथा जिल्ला बाहिर निर्भर हुनुपरेको देखिन्छ ।तसर्थ उच्च शिक्षा, प्राविधिक शिक्षा र व्यवहारिक शिक्षा विकासको लागि नयाँ शिक्षा योजना ल्याउनुपर्ने देखिन्छ ।विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।जस्तै दशैँ, तिहार, माघि, होलि, कृष्णजन्माष्टमी आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाइन्छ ।

संक्षिप्त परिचय

नौबहिनी गाउँपालिका ५ नं. प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको हो ।नेपालको मानचित्रमा नौबहिनी गाउँपालिकाको भौगोलिक अवस्थिति २८००९’००” देखि २८०२१’००” उत्तरी अक्षांश देखि र ८२०४९’३०” देखि ८३००१’००” पूर्वी देशान्तरसम्म फैलिएको छ ।यसको स्थापना २०७३ फाल्गुन २२ नेपाल सरकारले मन्त्रीस्तरीय निर्णयअनुसार भएको हो ।२०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३०,२९२ रहेको छ जसमध्ये महिलाको जनसंख्या १६,६७२ (५५.०४प्रतिशत) र पुरुषको जनसंख्या १३,६२० (४४.९६ प्रतिशत) रहेको छ ।यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।

Pages

जन प्रतिनिधि

कर्मचारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिकाः प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन
२. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
५.    ज.ध.को ना.प्र.प.को प्रतिलिपि
६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को
    प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको
    प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि
७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिकाः राजस्व शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२. पासपोर्ट साइजको २ प्रति फोटो
३. नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४.घर/जमिन  बहालमा  लिई  व्यवसाय  गर्ने  भए  घर/जमिन
बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
५.     सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर
    दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धि
    सो को प्रमाण पत्र
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गाउँपालिकाः प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. संस्थाको विधान २ प्रति,
४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि

५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको
प्रतिलिपि भडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
६. साधारण सभाको निर्णयको प्रतिलिपि
७. अघिल्लो आ.ब.को लेखा परीक्षण वेदनकोप्रति प्रतिलिपि
 

सेवा प्रकारः-
सेवा समयः- गाउँ कार्यपालिका बैठक बाट
जिम्मेवार अधिकारीः- गाउँपालिकाः शिक्षा शाखा, प्रमुख प्रशासकीय अधिकृत एवं गाउँ प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र
२. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन
समितिको बैठकको निर्णयको प्रतिलिपि
३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम
विद्यालयको विवरण भरिएको फाराम
४. नजिकको समान तहका २ विद्यालयबाट सहमती पत्रको प्रतिलिपि
६. विद्यालयको नामको भवन तथा भाडाको भवन भएमा जग्गाघर
कर तिरेको कर चुक्ता पत्रको प्रतिलिपि
७. घर भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
८. सम्बन्धित वडा कार्यालयको सिफारिश
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाः अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन    
२. ना. प्र. प. को प्रतिलिपि                
३. आयश्रोतको प्रमाण कागजातहरुको सक्कल    र प्रतिलिपि
४. घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र
गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा    
१ स्थानीय    निकायमा    दर्ता/नवीकरण    प्रमाणपत्रको    प्रतिलिपि
२ आन्तरीक    राजश्व    कार्यालयमा    दर्ता    प्रमाण पत्रको प्रतिलिपि
३ अघिल्लो आ.ब. को कर चुक्ता    प्रमाण पत्रको प्रतिलिपि
४ अघिल्लो    आ.ब. को लेखा परीक्षण    प्रतिवेदनको प्रतिलिपि
 

जानकारी